News | Tag: संसद

संसदमा संविधान संशोधन विधेयक पेश

2 months ago

काठमाडौँ । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा उल्लेख गरिएको निशान परिवर्तन गर्नुपरेकोले संशोधन प्रस्ताव पेश भएको हो ।

सभामुखको उम्मेदवारी दर्ता आज, सूची प्रकाशन पनि आजै गरिने

6 months ago

काठमाडौँ । प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले घोषणा गरेको निर्वाचन कार्यक्रमअनुसार आज ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

सभामुख चयन माघ १२ गते

6 months ago

काठमाडौँ । प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको लागि माघ १२ गते निर्वाचन गरिने भएको छ । सभामुखको निर्वाचन माघ १२ गते गर्ने गरी दलहरूबीच सहमति भएको हो । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेसँगै सभामुख चयन प्रक्रिया अघि बढाउन लागिएको हो ।

उपसभामुखको राजीनामा कुर्दै संसद सचिवालय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

6 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामाको विषयमा छलफल सुरु भएको छ । सभामुख पदको उम्मेदवारका लागि अग्नि सापकोटाको नाममा सहमति भएपश्चात सोमबार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको हो ।

प्रतिनिधिसभा बैठकः चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण, पुष ११ गते अर्काे बैठक बस्ने

7 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको पहिलो बैठकले विभिन्न मितिमा निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा (एमाले)का तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधन भएको थियो ।

पुष ११ गते बस्ने संसद बैठकले सभामुख चयन गर्ने सहमति

7 months ago

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनले आगामी पुस ११ गते सभामुख चुन्ने भएको छ । हिउँदे अधिवेशनको पहिलो दिन आज अपराह्न ४ बजे संसद बैठक बस्ने र एक साता स्थगित गरी सभामुखको निर्वाचन गर्ने तय भएको हो ।

संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन

7 months ago

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन मन्त्रिपरिषदले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । यहि अधिवेशनले सभामुख चयनको प्रक्रिया समेत तय गर्नुपर्नेछ । सामान्यतः हिउँदे अधिवेशन पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ । विधेयक अधिवेशनका रुपमा समेत लिइने यो अधिवेशन बोलाउन मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई पत्र पठाएको हो ।

प्रतिनिधिसभामा तीन प्रस्ताव स्वीकृत

10 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

संसदीय विशेष समितिकाे म्याद थप

10 months ago

काठमाडौँ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गर्‍यो ।

पुतली बगैँचामा यस्ताे बन्दैछ नयाँ संसद् भवन

10 months ago

काठमाडौँ । विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ ।

Page 1 of 5

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।