News | Tag: नेविसङ्घ

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी

2 weeks ago

काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसङ्घ त्रिवि समितिले सोमबार रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो ।

नेविसङ्घले ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने

1 month ago

काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले देशभर ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले मङ्गलबार एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई वैकल्पिक सिकाइका लागि उक्त अभियान सञ्चालन गर्ने बताएका हुन् ।

स्ववियु निर्वाचनमा भाग लिन्छौँ : नेविसङ्घ

6 months ago

काठमाडौं । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताए ।

नेविसङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग

8 months ago

काठमाडौं । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ । नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी काङ्ग्रेसलाई आग्रह गरेका हुन् ।

नेविसङ्घको महाधिवेशन चाँडो गर्न विद्यार्थी नेताले माग

10 months ago

काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका हुन् ।

नेविसङ्घलाई दैनिक कार्य सञ्चालन गर्न निर्देशन

1 year ago

नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर २ गतेको बैठकको निर्णयबाट नेविसङ्घ केन्द्रीय समितिको थप गरिएको दुई महीनाको पदावधि आज माघ २ गतेसम्म कायम थियो । काङ्ग्रेसले सङ्घ केन्द्रीय समिति तथा मातहतका निकायको पदावधि आजसम्म मात्र भए पनि अब उप्रान्तका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आगामी माघ १० गते बस्ने बैठकले निर्णय गरेअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको हो । काङ्ग्रेस केन्द्रीय समितिको बैठक माघ १० गतेका लागि बोलाइएको छ ।

Page 1 of 1

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।