यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यावसाय फस्टाएर जानेछ भने बिशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पतित पत्निबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्ययम रहेकोले अनावस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुँनेछन् । सुन्दर तथा बिलाशी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउँन सकिनेछ । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्नीबीच अबिश्वास बढ्नेछ । साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ ।  ईच्छा आकांक्षा पूरा गर्न सकिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबीच बिश्वास बढेर जानेछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेली माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) महिला मित्र तथा विपरित लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढीनै उत्साहित हुदा नराम्र घट्नाहरुको सामना गर्नुपर्नेछ । व्यवसायिक यात्रा हुने भएपनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पूराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वतः स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यावसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको कामदेखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम गरी मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यावसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट, पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ ।


थप समाचार

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 45 minutes ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 57 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 1 hour ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।