समर्थकलाई मुक्का प्रहार गर्ने नेयमारलाई आठ खेलसम्मको प्रतिवन्ध !

  • मंगलबार, १७ बैशाख, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमारलाई फ्रान्सेली फुटबल फेडेरेशनले आठ खेलसम्मको प्रतिबन्ध गर्नसक्ने भएको छ । फ्रेन्च कप हारेपछि आफ्नै समर्थकलाई नेयमारले मुक्का प्रहार गरेको भन्दै उनिविरुद्ध आठ खेलको प्रतिबन्ध लाग्ने देखिएको आरएमसीको समाचारमा उल्लेख छ ।

 

केही दिनअघि मात्रै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले म्यान्चेस्टर युनाइटेडसँग पीएसजी हारेपछि नेयमारको पोष्ट आपत्तिजनक भएको भन्दै तीन च्याम्पियन्स लिगको तीन खेलमा प्रतिबन्ध गर्ने निर्णय गरेको बेला उनलाई फ्रान्स फुटबल फेडेरेशनले पनि कारबाही गर्ने देखिएको हो । 

 

नेयमारले शनिबार राति सम्पन्न फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि उपविजेताको मेडल थाप्न जाँदा भिडियो खिचिरहेका एक समर्थकमाथि मुक्का प्रहार गरेका थिए । खेलको नियमित समयमा पीएसजी र रेनेसले २–२ गोलको बराबरी खेलेका थिए । तर, पेनाल्टीमा रेनेस ६–५ गोलले विजयी भएको थियो । 

 

आरएमसीमा प्रकाशित समाचार अनुसार म्याच डेलिगेट्सले नेयमारको हर्कत रिपार्टमा समावेश गरेको खण्डमा अनुशासन कमिटीले उनलाई कारबाही गर्नेछ । यदी रिपोर्टमा उक्त घटना उल्लेख नभएमा पनि सार्वजनिक भिडियोकै आधारमा उनी कारबाहीमा पर्न सक्नेछन् । 

 

नेयमारलाई फेडेरेशनको आर्टिकल १.१३ अनुसार कारबाही हुनसक्नेछ । जसअनुसार उनलाई ८ खेलसम्मको प्रतिबन्ध लाग्न सक्नेछ । 

 


थप समाचार

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

  • 28 seconds ago
एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

  • 15 minutes ago
जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थिय

लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

  • 31 minutes ago
लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

एजेन्सी । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।