भावुक हुँदै नेयमारले भनेः मेसीको याद आइरहेको छ

  • सोमबार, २० फागुन, २०७५
  • 1 year ago
  • खेल

एजेन्सी । फ्रोन्सेली क्लब पीएसजीका खेलाडी नेयमारले आफूले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई खुबै मिस गरेको बताएका छन् । टिभी ग्लोबोसँग पेरिसमा कुराकानी गर्दै नेयमारले बार्सिलोनामा हुँदा आफ्नो र मेसीबीचको सम्बन्धको बारेमा पनि चर्चा गरे । 

 

उनले भने ‘बार्सिलोनामा छँदा लियो मेरो लागि निकै महत्वपूर्ण साथी थिए । यो कुरा मैले पहिलो पटक भनिरहेको छैन । म हरेक पटक उनलाई सम्झिरहेको हुन्छु । म बार्सिलोनाबाट खेल्दै गर्दा धेरैभन्दा धेरै सहयोग चाहिरहेको थियो । एक दिन विश्वको उत्कृष्ट फुटबलर मेरो सामु आए, मेरो हात समाएर भने ‘यहाँ आउ, तिमी सँधै तिमी नै बन्ने कोशिष गर, तिमी सँधै सुखी हुुनुपर्छ, तिमी सान्तोषमा जस्तो थियो यहाँ पनि यस्तै नै हुनुपर्छ । तिमी मसँग या अन्य कोहीसँग पनि डराउनुपर्दैन । तिमीलाई सहयोग गर्न म तयार छु ।’

 

 

उनले थपे ‘हामी सँगै हुँदा होस् या टाढा, हामीले प्रशस्तै कुराकानी गर्यौं, जोक गर्यौं । उनी त्यस्तो मान्छे हुन् जसलाई म दिनदिनै सम्झिरहन्छु । त्यस्तै स्वारेज पनि उत्तिकै राम्रा मान्छे हुन् । यी दुई साथीहरुलाई म जिन्दगीभर नै सम्झिरहन्छु । उनीहरु फुटबलमा तथा मेरो मनमा सुरक्षित छन् । किनकी उनीहरुले मेरो लागि धेरै गरेका छन् ।’

 

‘उनिहरुप्रति सँधै मेरो सद्भाव रहनेछ । जब लियोले मेरो सम्भावित बार्सिलोना फिर्ता हुने कुरा बोलेको बेलाका थिए मैले लामो सास फेरेको थिए । मैले बार्सिलोनाका दिनहरु सम्झिरहेको छु । तर, अहिले पेरिसमा मेरो छुट्टै अवस्था छ ।’ 

 

अन्तर्वातामा नेयमारले आफूलाई फर्ममा रहेको प्रमाणित गर्न समय लागेको स्वीकारे । 

 

नेयमार सन् २०१७ को समरमा बार्सिलोनाबाट कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पीएसजी गएका थिए ।


थप समाचार

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 51 minutes ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 1 hour ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 1 hour ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।