नेयमार नरोएको दिन छैन !

  • आइतबार, २६ फागुन, २०७५
  • 1 year ago
  • खेल

एजेन्सी । फ्रोन्सेली क्लब पीएसजीका खेलाडी नेयमारले आफूले बार्सिलोनालाई मिस गरिरहेको बताएका छन् । उनले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई खुबै मिस गरेको बताएका छन् । टिभी ग्लोबोसँग पेरिसमा कुराकानी गर्दै नेयमारले बार्सिलोनामा हुँदा आफ्नो र मेसीबीचको सम्बन्धको बारेमा पनि चर्चा गरे । 

 

उनले भने ‘बार्सिलोनामा छँदा लियो मेरो लागि निकै महत्वपूर्ण साथी थिए । यो कुरा मैले पहिलो पटक भनिरहेको छैन । म हरेक पटक उनलाई सम्झिरहेको हुन्छु । म बार्सिलोनाबाट खेल्दै गर्दा धेरैभन्दा धेरै सहयोग चाहिरहेको थियो । एक दिन विश्वको उत्कृष्ट फुटबलर मेरो सामु आए, मेरो हात समाएर भने ‘यहाँ आउ, तिमी सँधै तिमी नै बन्ने कोशिष गर, तिमी सँधै सुखी हुुनुपर्छ, तिमी सान्तोषमा जस्तो थियो यहाँ पनि यस्तै नै हुनुपर्छ । तिमी मसँग या अन्य कोहीसँग पनि डराउनुपर्दैन । तिमीलाई सहयोग गर्न म तयार छु ।’

 

उनले थपे ‘हामी सँगै हुँदा होस् या टाढा, हामीले प्रशस्तै कुराकानी गर्यौं, जोक गर्यौं । उनी त्यस्तो मान्छे हुन् जसलाई म दिनदिनै सम्झिरहन्छु । त्यस्तै स्वारेज पनि उत्तिकै राम्रा मान्छे हुन् । यी दुई साथीहरुलाई म जिन्दगीभर नै सम्झिरहन्छु । उनीहरु फुटबलमा तथा मेरो मनमा सुरक्षित छन् । किनकी उनीहरुले मेरो लागि धेरै गरेका छन् ।’

 

बार्सिलोना छोडेपछि आफ्नो खेलमा स्तरीयता कम भएको उनले स्वीकारेका छन् । घाइते भएपछि आफुले चाहेजस्तो फर्ममा फर्कन समेत समय लागेको उनले बताए । घाइते उनीले भनेका छन्,‘चोटका कारण म नरोएको दिन छैन । क्लबलाई चाहेजस्तो सहयोग गर्न सकिरहेको छैन ।’

 

नेयमार सन् २०१७ को समरमा बार्सिलोनाबाट कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पीएसजी गएका थिए ।


थप समाचार

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 6 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

  • 17 minutes ago
एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

  • 32 minutes ago
जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थिय



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।