नेकपाका नेता खड्कामाथि नाताले भान्जी पर्ने युवती बेपत्ता बनाएको आरोप

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी एक युवती एक हप्तादेखि हराइरहेकी छन्। माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन्। पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए।

 

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा छोरी हराएको भोलिपल्टै जानकारी दिँदा पनि छोरीको अवस्था थाहा नभएको उनले बताए । 

 

उनले आफ्नो साला नाता पर्ने भक्तपुरकै चाँगुनारायण नगरपालिका ९ ताथलीका ईश्वर खड्काले छोरी उषालाई अपहरण गरेको भन्दै वृत्तमा किटानी जाहेरीसमेत दिएका छन्। उनको किटानी जाहेरीको आधारमा वृत्तले खड्कालाई हिरासतमा राखेको छ।

 

खड्का सत्तारुढ नेकपा (नेकपा) स्थानीय नेता हुन्। उनी तत्कालीन एमालेको खेलकुद महासंघको भक्तपुर सचिवसमेत हुन्। उनलाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।

 

उषा र खड्काबीच फेसबुक मेसेन्जरमा कुराकानी भएको आधारमा प्रहरीले खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको उनले बताए। फेसबुक मेसेन्जरको च्याटिङमा नाताले मामा भाञ्जी भए पनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोग अन्तरंग कुराकानी भएको पाइएको प्रनाउ शर्माले बताए।

 

उक्त च्याटिङमा खड्काले उषालाई पटकपटक पैसा दिएको, मोबाइल रिचार्ज गर्न पिन नम्बर पठाएकोसमेत उल्लेख रहेको वृत्तले जनाएको छ।

 

उषाका बुबा माधवले उक्त च्याटिङको आधारमै खड्काले नै आफ्नो छोरी अपहरण गराएको आरोप लगाएका छन्। उनले आफू भक्तपुरमै बसेर उषालाई अरु केटा लगाएर अपहरण गराएको दाबी गरे।

 

‘ईश्वर खड्काले नै मेरी उषालाई अपहरण गराएको हाम्रो आशंका छ’, बुबा थापाले भने, ‘नत्र हराएको एक हप्ता हुँदा पनि छोरी किन फेला परिनन्।’ प्रहरीले भने उनको आरोप स्वीकार गर्न सकेको छैन।

 

प्रहरीले उषा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुई फरकफरक चिठ्ठी बरामद गरेको छ। उक्त चिट्ठीमा मामा (ईश्वर खड्का) को कुनै दोष छैन भनी लेखिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

 

‘उषाले लेखेको चिठ्ठीमा मामाको दोष छैन भनेको छ। बरु अरु दुई केटाको नाम उल्लेख भएको छ’, उनले भने, ‘दुई केटामध्ये एकजना वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्। अर्को केटाको पहिचान हुन सकेको छैन।’

 

यता उषाको घरपरिवारले सत्तारुढ नेकपा (नेकपा) स्थानीय सांसददेखि नेता, मेयरलगायत खड्कालाई जोगाउन प्रहरीलाई दबाब दिन थालेको आरोप लगाएका छन्।

 

दबाबकै कारण आफूले अपहरणको मुद्दा राख्न खोज्दा पनि जगाती प्रहरीले साइबर क्राइममात्रै आकर्षित हुने गरी मुद्धा दर्ता गरेको उषाका बुबा माधवले आरोप लगाए। आजको अन्नपूर्ण पोस्ट्बाट


थप समाचार

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 5 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 14 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

  • 25 minutes ago
एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।