जुनियर फुटबल एकेडेमीको फुटबल वर्कसप सम्पन्न

  • आइतबार, ३ चैत, २०७५
  • 1 year ago
  • खेल

काठमाडौँ, चैत ३ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले फुटबल तथा फिटनेससम्बन्धी विभिन्न ज्ञान दिने उद्देश्यले आयोजना गरेको फुटबल वर्कसप सम्पन्न भएको छ । एकेडेमीले शनिबार बालुवाटारमा गरेको वर्कशपमा करिब एक सयको हाराहारीमा छात्र छात्राको सहभागिता रहेको थियो ।

 

वर्कसपमा फुटबल खेलाडीको लागि ट्रेनिङको महत्व, फुटबलका नियम तथा सिद्धान्त, अनुशासन, फुटबलमा फिजियोको महत्व, प्रशिक्षकले बनाउने रणनीतिको बारेमा सैद्धान्तिक र प्रयोगात्मक कक्षाको आयोजना भएको संस्थाका संस्थापक तथा मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले बताए । सहभागी खेलाडीहरुलाई मुख्य प्रशिक्षक क्षेत्री सहित एकेडेमीका प्रशिक्षकहरु रवीन्द्र सिलाकार, गोरख केसी, पुष्प विष्ट, किरण खनाल, राष्ट्रिय रेफ्री सविन ढकाल तथा  फिजियो आविष्कार पुडासैनीले प्रशिक्षण दिएका थिए ।

 

 

सहभागी खेलाडीहरुलाई राष्ट्रिय फुटबल टिमका खेलाडी भरत खवास तथा एकेडेमीका अध्यक्ष रिजन खड्काले प्रमाणपत्र प्रदान गरेका थिए । साथै एकेडेमीले उत्कृष्ट छ जना खेलाडीहरुलाई एक महिनाको निःशुल्क तालिम गर्ने अवसर समेत प्रदान गरेको छ । 

 

मुख्य प्रशिक्षक क्षेत्रीले अपेक्षाभन्दा बढी खेलाडीहरुको सहभागिता भएको भन्दै यस्ता कार्यक्रमलाई अझै निरन्तरता दिँदै उपत्यका भन्दा पनि बाहिर पनि संचालन गर्ने बताएका छन् ।

 

 

जुनिएर फुटबल एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त संस्था हो । सन् २०१० मा स्थापना भएको यस संस्थाले हाल विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई ‘ग्रास रुट ट्रेनिङ’ प्रदान गरिरहेको छ । यसको साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारत लगायतका देशहरुमा समेत पठाइरहेको छ । भने फुटबलसम्बन्धी वर्कसप पनि संचालन गर्दै आएको छ ।

 


थप समाचार

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 40 minutes ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 51 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 1 hour ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।