वर्षकै धेरै परिमाणकाे चरेससहित दुई भारतीय पक्राउ

सांकेतिक तस्वीर

धादिङ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजिकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

 

काठमाडौँबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । 

 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेको हो । 

 

एचआर ३ एसएस ९३७१ नम्बरको कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरेको हो ।

 

यसरी पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ । 


थप समाचार

लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

  • 15 minutes ago
लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

एजेन्सी । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।

खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

  • 21 minutes ago
खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

प्रचण्डलाई भेट्नको लागि नेता नेम्वाङ खुमलटार पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि प्रचण्डले नेम्वाङसँग भेट गरेको बुझिएको छ । यद्यपी भेटमा के कुरा भयो भन्नेबारेमा भने केही बताइएको छैन

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

  • 21 minutes ago
अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

एजेन्सी । अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।