डा. गाेविन्द केसीले मागे शिक्षामन्त्रीकाे राजीनामा

  • शुक्रबार, १२ असोज, २०७५
  • 1 year ago
  • नेपाल
फाइल फाेटाे

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । 

 

डा. केसीले प्रधानमन्त्री ओलीसँग १५ औं अनशनका क्रममा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमाथि शिक्षामन्त्री पोखरेलले अवरोध गरेको आरोप लगाएका छन् ।

 

‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण हो’, डा. केसीले भने, ‘शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ । त्यसकारण उहाँले राजिनामा दिनुपर्छ ।’

 

चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा पनि डा. केसीले विरोध जनाएका छन् ।


थप समाचार

जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

  • 26 minutes ago
जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

रुकुम । नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित च

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

  • 38 minutes ago
प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ द

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

  • 47 minutes ago
प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ न



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।