ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री

  • बिहीबार, ९ फागुन, २०७५
  • 1 year ago
  • युके

ब्रसेल्स । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताएकी छिन् । तर, उनले वार्तामा ठोस सहमति भइनसकेको पनि बताइन् । 

 

इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)को मिति छ हप्ताभन्दा कम रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गरेकी छिन् । 

 

उनले आयरल्यान्ड र युरोपेली युनियनमा आबद्ध मुलुकहरुबीचको सीमा व्यवस्थाका विषयमा सहमति खोज्ने प्रयत्न गरिरहेकी छिन् । तर इयू नेताहरुले बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्ने बताएका छन् । 

 

बेलायत र इयूबीच कुनै औपचारिक सम्झौता बेगर नै बेलायतको बहिर्गमन पनि हुनसक्ने अनुमान गर्न थालिएका छन् । ब्रसेल्सतर्फ उड्नु केहीअघि उनकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जीटमा असहमति जनाउँदै राजीनामा दिएका छन् । 

 

उनीहरु सांसदहरुको नयाँ स्वतन्त्र समूहमा आबद्ध भएका छन् । 

 

बेलायतको संसदले प्रधानमन्त्री मे को ब्रेक्जीट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरिसकेको छ । तर उहाँको प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन । 

 

बेलायती राजनीतिमा नाटकीय मोड लिइरहेको ब्रेक्जीटका सन्दर्भमा सांसदहरुले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला र निर्वाध आवागमन हुन नहुने अडान राख्दै आएका छन् । उनीहरुको भनाईमा निर्वाध आवागमन यथावत राखिए बेलायतको इयूसँगको पुरानै सम्पर्क र सम्बन्ध कायम रहन्छ, र त्यसबाट ब्रेक्जीट सम्झौता कार्यान्वयन सम्भव हुँदैन । 

 

गत वर्ष नोभेम्बर २५ मा बेलायती प्रधानमन्त्रीले इयूसँग गरेको प्रस्तावित ब्रेक्जीट सम्झौतामा आइरिस सीमा खुला राख्ने सहमति भएको थियो । इयूले उक्त सहमतिमात्र स्वीकार्य हुने बताउँदै आएको छ । 

 

बेलायती जनमत पनि ब्रेक्जीटका बारेमा अझै विभाजित छ । केहीले दोस्रो जनमतसंग्रह गर्नुपर्ने निरन्तर माग गरिरहेका छन् भने केहीले पूर्व जनमतकै आधारमा इयूबाट बेलायत बाहिरिनु पर्ने बताएका छन् । 

 

ब्रेक्जीटका बारेमा इयूसँग भएको सम्झौता बमोजिम बेलायत यही मार्च २९ तारिखबाट बाहिरिनु पर्नेछ । 


थप समाचार

लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

  • 13 minutes ago
लेबनानमा भएको विस्फोटमा १३५ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

एजेन्सी । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ ।

खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

  • 18 minutes ago
खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता

प्रचण्डलाई भेट्नको लागि नेता नेम्वाङ खुमलटार पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि प्रचण्डले नेम्वाङसँग भेट गरेको बुझिएको छ । यद्यपी भेटमा के कुरा भयो भन्नेबारेमा भने केही बताइएको छैन

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

  • 19 minutes ago
अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

एजेन्सी । अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । घरमा बस्दा होस् या आफिस, पसिना सवैलाई आउँछ । कसैलाई थोरै कसैलाई धेरै । कसैलाई त अनावश्यक धेरै पसिना आएर तनाव हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पसिना आउनुलाई राम्रो मानिन्छ ।